Aamsanchar

नेपाली कलाकारिताक्षेत्रकाहस्ती मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक

Author Image
मङ्गलवार, चैत २०, २०७४

मदनकृष्ण श्रेष्ठ र पत्नी यशोदा श्रेष्ठ। (फायल फोटो गुगलबाट)

काठमाडौं – वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार राति ११ बजे निधन भएको परिवारका स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

यशोदा क्यान्सर रोगबाट पीडित थिइन् । पछिल्लो समय उनको दुवै खुट्टा नचल्ने भएको थियो । यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको हो ।

यशोदाको मंगलबार (आज) बिहान नौ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनका एक छोरा, एक छोरी छन् ।

Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर