काठमाडौँ,
गज्प्रोम, फुटबलको सर्वोच्च निकाय फिफा र फिफा विश्वकप २०१८ को आधिकारिक सहकार्यमा छैटौँ चरणको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितमा नेपालले पनि भाग लिने भएको छ ।
अल नेपाल फुटफल एसोसियसनका अनुसार नेपालले पनि उक्त प्रतियोगितामा भाग लिन पाउने भएको हो । पहिलोपटक नेपालबाट पनि दुई जना खेलाडीले प्रतियोगितमा भाग लिने एशोसियसनका उपमहासचिव सञ्जिव मिश्रले जानकारी दिनुभएको छ ।
यस प्रकारको फुटबल प्रतियोगिताले विश्वमा मित्र, मित्रता, समानता र विविध संस्कृति एवं जिम्मेवारीमा महत्वपूर्ण मानवीय मूल्यको प्रवद्र्धनको गर्ने लक्ष लिइएको छ ।
रुसको मस्कोमा सार्वजनिक भएको मित्रताका लागि फुटबल २०१७ मा ६४ र सन् २०१८ मा २११ मुलुक तथा क्षेत्रमा विस्तार भएको छ । ‘ओपेन ड्र’का समयमा ३२ अन्तर्राष्ट्रिय समूह खडा भएको थियो र प्रत्येक देशका प्रत्येक युवा खेलाडीले खेलको भूमिका निर्धारण गरिएको थियो ।
संसारको मित्रताका लागि फुटबल सन् २०१८ को आगामी जुनको १२ मा ३२ समूहले प्रतिस्पर्धा गर्ने उल्लेख गरिएको छ । मित्रताका लागि फुटबलको आधारभूत सिद्धान्त विभिन्न राष्ट्रियताका, लिंग र फरक शारीरिक क्षमताका खेलाडीलाई समूहमा राखिन्छ ।
यस प्रतियोगितामा १२ वर्ष उमेरका युवा खेलाडी सहभागी हुनेछन् भने विभिन्न देशका १४ देखि १६ वर्ष उमेरका युवा फुटबल खेलाडी प्रशिक्षक हुनेछन् ।
यस प्रतियोगिताको समाचार सम्प्रेषण विश्वका २११ मुलुकका १२ वर्ष उमेरका पाँच हजार पत्रकारले गर्नेछन् । यसमा यस सिजनको अन्तिम प्रतियोगिता रुसको मस्कोमा यही वर्षको आगामी जुनको ८ देखि १२ सम्म हुनेछ ।