बुधबारे ।
बुधबारे जेसीज र होक्से युवा क्लबको संयुक्त आयोजनामा झापाको बुद्धशान्ति १ होक्सेमा जारी प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगितामा मुनाल क्लब चन्द्रगढीलाई ५–२ गोल अन्तरले स्तब्ध बनाउँदै आयोजक होक्से युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा सहज जित निकाल्न होक्सेका महेश राईले खेलको पहिलो आफको ८ र २६ औं मिनेट, दोस्रो हाफको ९ र १३ औं मिनेटमा बविन बोहोरा र दोस्रो हाफको २० औं मिनेटमा विक्रम राईले गोल गरेका थिए । उता मुनालका रोहित सुब्बा र प्रविन राईले ३३ र दोस्रो आफको २९ औं मिनेटमा गोल गरेका थिए ।
प्रतियोगितामा २ गोल गर्ने होक्सेका महेश राई म्यान अफ द म्याच घोषित भए । भोलीको पहिलो सेमीफाइनल खेल न्यू स्टार क्लब खोपवारी र सैनिक युथ क्लब सैनिक विच हुने आयोजक होक्से युवा क्लबका बालकुमार राईले जनाएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 177