Aamsanchar

नदी कटान समस्या समाधानका लागि प्रतिबद्धता

Author Image
बुधवार, चैत २१, २०७४

कञ्चनपुर,

खानेपानीमन्त्री बिना मगरले स्थानीय बाटोघाटो, नदी कटान, हात्ती आतंकलगायत समस्या समाधानका लागि तत्काल काम अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

लालझाडी गाउँपालिका कार्यालयले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकासको मुख देख्न नपाएको सो गाउँपालिकाको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालन भइरहेको स्तन तथा पाठेघरको मुखको अर्बुद जाँच शिविरका क्रममा मन्त्री मगर लालझाडी पुग्नुभएको हो ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर