Aamsanchar

चैतुबारीको पञ्चरत्न माध्यमिक विद्यालयले यसरी मनायो स्वर्ण महोत्सव ( २१ फोटो फिचर सहित )

Author Image
बुधवार, चैत २१, २०७४

सब्द/तस्वीर : विनादे पाण्डे कमल /आमसंचार

चारपाने, चैत्र २१ । झापा विर्तामोड नगरपालिका २ चैतुबारी स्थित पञ्चरत्न माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ। बुधबार विद्यालयको प्राङगणमा आयोजित महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरेले पानसमा दिपज्ज्वलन, स्वर्ण स्थम्भ, सरस्वती मन्दिर र खानेपानी धाराको रिवन काटेर उद्घाटन गर्नु भएको थियो ।

नगरकै विकट क्षेत्रमा रहेको पञ्चरत्न माध्यमिक विद्यालयले नौमती, सन्थाली, च्याब्रुङ बाजा सहित निकै राम्रो व्यवस्थापनमा आयोजना गरेको कार्यक्रको अध्यता स्वर्णमहोत्सव आयोजक समितिका संयोजक, विर्तामोड २ नंं वडाका अध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले गरेका थिए ।

 

स्वर्ण महोत्सवको अवसरमा विद्यालयको स्थापना र वर्तमानको जानकारी सहितको प्रतिवेदन प्रधानाध्यापक ज्ञानुनाथ मैनाले प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनसिंह राजवंशीले मन्तव्य द्वारा स्वागत गरेको कार्यक्रममा विद्यालयका संस्थापक व्यवस्थापन समिति पदाधिकारी, पूर्व कार्यसमिति, जग्गादाता, पूर्व प्रधानाध्यापकहरु र दिर्घ शिक्षा सेवी शिक्षक निम्न माध्यमिक तर्फवाट टंक घिमिरे, प्रार्थमिक तर्फवाट बद्रीकुमार घिसिङ, वाल विकास तर्फवाट जमुना सिटौला र कर्मचारी रंगलाल वराई सहित ११८ जनालाई सम्मान गरिएको थियो ।

 

कार्यक्रममा नेवार, तामाङ, ब्राम्हण, लिम्बु, राई, राजवंशी, सन्थाल लगायताका जातजातीको संस्कृति झल्कने झाँकी नृत्य प्रस्तुत गरिएको थियो ।

२०२४ साल मा फुस्को छानो र टाटीमा स्थापना भएको विद्यालय अहिले ५० बर्षमा आईपुग्दा निकै शैक्षिक र भौतिक विकासमा गति लिईसकेको भए पनि समय अनुसारको आधुनिक भौतिक सुविधाको हिसावमा विद्यालय पछि रहेको प्रतिवेदनमा जनाईको छ ।

 

कार्यक्रममा पूर्व विद्यार्थी घनश्याम शिवाकोटी, पूर्व अध्यक्ष डोमालाल राजवंशी, पूर्व जनप्रतिनिधी, प्रेमप्रकास सिटौला, जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल, विशिष्ठ अतिथि प्रदेश सांसद माननिय एकराज कार्की, प्रमुख अतिथि घिमिरेले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक डम्बर देउजा र शिक्षक लक्षमण दाहालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर