Aamsanchar

झापामा नक्कली सुनको गरगहना बैकमा राखेर ठगि गर्ने ६ जना पक्राउ

Author Image
बिहिवार, चैत २२, २०७४

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, बिर्तामोड र धुलाबारी शाखामा नक्कली सुनको गरगरहना धितो राखेर २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड–५ की ३८ वर्षीय मिना देवी खड्का, मेचीनगर–७, ईट्टाभट्टाका ३५ वर्षीय शम्भु खत्री, बिर्तामोड–३ का ४३ वर्षीय राम कुमार तामाङ्ग, बिर्तामोड–५ का ४५ वर्षीय राजकुमार श्रेष्ठ, मेचीनगरपालिका–१२ का ४९ वर्षीय गणेश प्रधान र मेचीनगरपालिका–१० का ३३ वर्षीय प्रवेश अधिकारी छन् ।उनीहरु मध्ये खड्का र खत्रीलाई जिल्ला अदालत, झापाको आदेश बमोजित पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

त्यस्तै, तामाङलाई अदालतले ३ लाख ९८ हजार रुपैयाँ धरौटी माग गरेकोमा बुझाउन नसकेपछि थुनामा गएका छन् । उनी बैंकको बिर्तामोड शाखाका नगद सहायक सुन जाँचकी समेत भएको प्रहरीको भनाइ छ ।

श्रेष्ठलाई ३ लाख ९८ हजार, प्रधान र अधिकारीलाई ७०र७० हजार धरौटी माग भएकोमा उनीहरु बुझाएर छुटेका छन् ।

Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर