Aamsanchar

राजदुतावासको पहलमा झापाका लोकेश नेपाल फर्कदै

Author Image
शुक्रवार, चैत २३, २०७४

[सुर्य खवास]

युएई,

विगत लामो समय देखि व्लड मनि तिर्न नसकी युएईमा कष्टपुर्ण जीवन गुजारी रहनु भएका  अर्जुनधारा नगरपालिका -३० का लोकेश खतिवडा युएईका लागि नेपाली राजदुतावासको पहलमा अन्तत घर फर्कने हुनुभएको छ ।

दूतावासको लामो प्रयासमा २५ मार्च २०१८ का दिन युएईका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्री सागर प्रसाद फुयाल सहितको टोली र अबुधावी अदालतका प्रमुख न्यायाधीशबीच भएको भेटघाटको परिणामस्वरूप स्थानीय विमा कम्पनीले व्लडमनी वापतको ३ लाख २० हजार २०० दिराम ९करिव १ करोड नेपाली रूपैया अदालतमा बुझाएको र त्यसैको फलस्वरूप खतिवडाको अदालती कामकार्वाही सामाप्त भएको छ ।अब खतिवडाले केही प्रशासनिक प्रक्रियाहरू पूरा गरेपछि छिट्टै नेपाल फर्किनु हुने दुतावासले जानकारी दिएको छ।

अबुधावीको Desert Man General Transporting कम्पनिमा कार्यरत रहेको अवस्थामा सन् २०१४ जुन ८ तारिखका दिन खतिवडाले चलाएको मोटर दुर्घटना हुँदा गाडीमा सवार एक भारतीय नागरिकको मृत्यु भएको अभियोगमा अबुधावी अदालतले सन् २०१७ मा खतिवडा र विमा कम्पनीका विरूद्व उल्लेखित रकम तिनुपर्ने फैसला सुनाएको थियो ।

सोहि दुर्घटनाका कारण शारीरिक रुपमा अशक्त भएर कष्टपुर्ण जीवन बाँचिरहनु भएक खतिवडा विवाह गरेको दुई महिनामै आमा र श्रीमती छाडेर कमाउन भनी युएई आउनु भएको थियो । बिमा कम्पनीले मृतकको परिवारलाई उपलव्ध गराउनु पर्ने रकम उपलब्ध नगराएका कारण खतिवडा फसिरहनुभएको थियो । जीवनयापनमा पनि कष्टकर बन्दै गएको अवस्थामा नेपाली राजदुतावास, एनआरएन लगायत युएईमा क्रीयाशिल सामाजिक संघ संस्था तथा संचारकर्मीहरु समाचार सम्प्रेषण गरेर मुद्दालाई उठाउन पहल गरेको फलस्वरुप उहाँ घर फर्कने वतावरण बनेको हो ।

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर