Aamsanchar

युवतीको मुखमा ब्राउनसुगर !

Author Image
शुक्रवार, चैत २३, २०७४

बिर्तामोड ।

मुखमा राखेर पनि व्राउनसुगरको ओसारपसार गरिन्छ भन्दा पत्यार नलाग्न सक्छ ।

तर, पूर्वी नाका काकरभिट्टाबाट एक युवतीलाई प्रहरीले मुख भित्र लुकाएर ल्याउदै गरेको व्राउनसुगर सहित पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका–६ हिकोला मोडबाट प्रहरीले मुख भित्र लुकाएर ल्याउदै गरेको ब्राउन सुगरसहित शिवशताक्षी नगरपालिका–११ निवासी २७ वर्षीया एक युवती पक्राउ गरेको हो ।

उनलाई १ ग्राम २०० मिली ग्राम ब्राउन सुगर मुखमा च्यापेर ल्याउदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेकी उनलाई आवश्यक अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय कांकडभिट्टामा राखिएको उक्त कार्यालयले जनाएको छ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर