Aamsanchar

‘सेनाले राष्ट्रिय गौरवका कामलाई निरन्तरता दिनुपर्छ’

Author Image
शुक्रवार, चैत २३, २०७४

काठमाडौँ,

कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको आर्सनल कार्यालय, सुन्दरीजलको आज निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा नेपाली सेनाले राष्ट्रिय गौरवका कामलाई निरन्तरता दिनुपर्ने बताउँदै उहाँले सेनालाई लोकतान्त्रिककरण नभई व्यवसायीकरण गर्न निर्देशन दिनुभयो । मन्त्री पोखरेलले भन्नुभयो, “नेपाली सेनाको अनुहारमा राष्ट्रिय एकताको तस्बिर देख्छौँ ।”

नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अतुलनीय योगदान गरेको जनाउँदै उहाँले यो संस्था नेपाली जनताको भरपर्दो स्तम्भको रुपमा रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली सेनाका कामु प्रधानसेनापति पूर्णचन्द्र थापालगायत उपस्थित हुनुहुन्थ्यो ।

Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर