Aamsanchar

अष्ट्रेलिया जानेलाई एक्सपर्टको सेमिनार

Author Image
शुक्रवार, चैत २३, २०७४

विर्तामोड।

झापाको विर्तामोडमा शुक्रबार विदेश अध्ययनमा जाने विधार्थीलाई परामर्श दिइएको छ । एक्सपर्ट एजुकेशन विर्तामोडले शुक्रवार शैक्षिक मेलाको आयोजना गरेर अष्ट्रेलियामा जाने विद्यार्थीलाई परामर्श दिएको हो ।

विशेष गरी अष्ट्रेलियामा अध्ययन गर्न जाने नेपाली विधार्थीलाई परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले सोहि राष्ट्रका युनिभर्सिटीका प्रतिनिधिबाट परामर्श दिएको विर्तामोड शाखाका प्रमुख कृष्ण शर्माले जानकारी दिए ।

लामो समयदेखि अष्ट्रेलियामा अध्ययन गर्न जाने नेपाली विधार्थीलाई सहजीकरण गर्दै आएको एक्सपर्टले विभिन्न समयमा विधार्थीलाई परामर्श प्रदान गर्दै आएको छ । शुक्रबारको परामर्श कार्यक्रममा झापा, इलाम, पाँचथर र ताप्लेजुङका विधार्थी सहभागी भएको शाखा प्रमुख शर्माले जानकारी दिए ।

उनका अनुसार अष्ट्रेलियाको चाल्र्स स्ट्रन्ट यूनिभर्सिटी, होम्स् इन्स्टिच्यूट, किङ्स वन इन्स्टिच्यूट, टप र क्यूवाका प्रतिनिधिले विधार्थीलाई सहजीकरण गरेका थिए । अध्ययनका लागी युरोपियन देशहरुमा नेपाली विद्यार्थीको आकर्षण बढी रहेका बेला झापाको बिर्तामोडमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले गरेका सेमिनारबाट धेरै कुराको जानकारी प्राप्त भएको विद्यार्थीहरुले बताएका छन् ।

अष्ट्रेलिया मात्रै पठाउदै आएको एक्सपर्ट एजुकेशन बिर्तामोड शाखाबाट मात्रै दुई सयबढी विद्यार्थी अध्ययनका लागी अष्ट्रेलिया पुगीसकेको जनाइएको छ । अष्ट्रेलियमा ८ वटा कार्यालय रहेको एक्सपर्ट एजुकेशनको नेपालमा १४ वटा, भारतमा ३ वटा हङकङमा एउटा र नाइजेरियामा एउटा शाखा कार्यालय रहेको एक्सपर्ट एजुकेशनका डाइरेक्टर बद्री अर्यालले जानकारी दिए । एक्सपर्ट एजुकेशनले १२ वर्षदेखि विद्यार्थीलाई अष्ट्रेलिया पठाउदै आएको छ ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर