Aamsanchar

सिएमए संघमा रामेश्वर

Author Image
सोमवार, चैत २६, २०७४

बिर्तामोड ।

नेपाल सिएमए संघको अध्यक्षमा रामेश्वर प्रसाद निर्वाचित भएका छन् । तीन वर्षे कार्यकालका लागी दिपक शर्मालाई पराजीत गर्दै प्रसाद अध्यक्षमा निर्वाचित भएका हुन् । २१ सदस्य समितिको अध्यक्ष बाहेक अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन गरिएको थियो ।

समितिको उपाध्यक्षहरुमा ओमबहादुर खड्का, कपिल खनाल, पुस्कर पनेरु, गोपाल उपाध्यय, जगतबहादुर बुढा, काशिराम अर्याल र उमाकान्त झा चयन भएका छन् । समितिका महासचिवमा लालबहादुर खड्का, उपमहासचिव इश्वरप्रसाद तपाई, कोषध्यक्ष धोखे राना र सह–कोषध्यक्षमा दिर्घराज अधिकारी सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै केन्द्रिय सदस्यहरुमा प्रदिप खरेल, दिनेश दास,विन्दु प्रजापति, अरुणकुमार कुसुहा, दामोदर सुवेदी, ज्ञानसिंह ओली र झलक साउद चयन भएका छन् । दुई जना सदस्यलाई आगामी बैठकले मनोनयन गर्ने प्रदेश नम्बर–१ का संयोजक एवं केन्द्रिय उपाध्यक्ष ओमबहादुर खड्काले जानकारी दिए ।

कैलालीमा केन्द्रिय कार्यालय रहेको नेपाल सिएमए संघले झापाको बिर्तामोडमा तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको हो । महाधिवेशनको स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले उद्घाटन गरेकी थिइन् । चैत २४ गतेबाट सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयनसंगै सम्पन्न भएको सिएमए संघ झापाका महासचिव सुरेश खतिवडाले जानकारी दिए ।

Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर