Aamsanchar

संघियता मुलुकले थेग्नै नसक्ने–वैध

Author Image
सोमवार, चैत २६, २०७४

बिर्तामोड ।

नेकपा माओवादी क्रान्तिकारी पार्टीका महासचिव मोहन वैध किरणले मुलुकमा संघियता आवश्यक भएपनि यस्तो पाराले संघियता मुलुकले थेग्नै नसक्ने बताएका छन् ।

विभिन्न राजनीतिक भेटवार्ताका क्रममा पूर्व आएका महासचिव वैधले सोमबार पत्रकारहरुसंग कुरा गर्दै जनवादी सत्ता प्राप्त नभएसम्म क्रान्ति नरोकिने धारणा ब्यक्त गरेका छन् । मानवीय स्रोत साधन, प्रकृतिक स्रोत साधनको उपयोग गर्न नसकएिको अवस्थमा वैदेशिक सहायताका भरमा मुलुकको संघियता धरापमा पर्ने विचार ब्यक्त गरे । संघियता आवश्यक भएपनि आर्थिक भार कटौती गर्न नसके मुलुकको विकास हुन नसक्ने बताएका छन् ।

बाह्य हस्तक्षेपको अन्त्य नभएसम्म मुलुकको विकास हुन नसक्ने भन्दै मुलुक परिर्वतनका लागी क्रान्ति अझै नसकिएको बताएका छन् । एमाले र माओवादी केन्द्र न वाम न कम्न्यिुष्ट हो भन्दै महासचिव वैधले भने–कांग्रेस र एमाले–माओवादी बीच नाम मात्र फरक हुन् ।

१० वर्षे सशस्त्र युद्धबाट आंशिक उपलब्धी हासिल भएपनि जनताको जनवाद अझै प्राप्त नभएकाले आफ्नो पार्टी राजनीतिक र वैचारिक क्रान्तिमा नै रहेको धारणा ब्यक्त गरे । माओवादी केन्द्रसंग कुनै पनि हातलमा पार्टी एकता नहुने भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग भने कार्यगत एकता गरेर अघि बढ्ने बताएका छन् । माओवादी केन्द्रलाई सग्रत्री भनेका महासचिव वैधले दलहरुले भागबण्डामा कर्मचारीलाई भर्ती केन्द्र बनाएकाले यो मुलुकका लागी र्दुभाग्य भएको धारणा ब्यक्त गरेका छन् ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर