बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको दर्पण सेक्युरेटीले सोमबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

असुरक्षित यौन सम्पर्क लगायतका कारण लाग्न सक्ने एचआईभी एड्स रोग रोग थाम गर्ने उद्धेश्यले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको दर्पण सेक्युरेटीका प्रबन्धक रमेश उप्रेतीले जानकारी दिए ।
सेक्युरेटी गार्डमा कार्यरत भएका तथा हुन चहानोहरुले कसरी यो रोगबाट बच्ने तथा रोग लाग्दा कस्ता समस्याहरु ऋाउन सक्छन् भन्ने सबै जानकारी प्राप्त गरुन भन्ने उद्धेश्यले स्वास्थ्य शिविर मार्फत जानकारी गराएको दर्पण सेक्युरेटीका कार्यकारी प्रमुख भुपाल बस्नेतले बताए ।

शिविरमा ४० जना भन्दा धेरैले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । पछिल्लो समय यौन सम्बन्धि रोग बढी रहेका बेला सेक्युरेटी गार्डमा कार्यरत कर्मचारीलाई एचआईभी एडेसबाट जोगिने उपायका बारेमा शिविर मार्फत जानकारी दिनुका साथै स्वास्थ्य समेत परिक्षण गराउने अवसर प्रदान गरेको जनाइएको छ । स्वास्थ्य शिविरमा सहारा नेपाल र आम्दा नेपालले प्राविधिक सहयोग गरेका थिए ।

