Aamsanchar

सामाजिक विकासमा रेडियोको भूमिका छः अध्यक्ष थापा

Author Image
मङ्गलवार, चैत २७, २०७४

काठमाडौँ, 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रको रुपान्तरणमा एफएम रेडियोको युगान्तकारी भूमिका रहेको बताउनुभएको छ ।

रेडियो ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (वान) को नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रवादी भावना र सामाजिक चेतनाको अभिवृद्धिसँगै प्रजातान्त्रिक मूल्य मान्यता र प्रेस स्वतन्त्रताको संरक्षणमा एफएम रेडियोको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

आफू सञ्चारमन्त्री हुँदा एफएम सञ्चालनका निमित्त अनुमति खुला गरेको स्मरण गर्दै अहिले एफएम रेडियोको विकास र विस्तारले आफूलाई खुशीको अनुभूति भएकोसमेत विचार व्यक्त गर्नुभयो ।

दक्षिण एशियामा एफएम रेडियोको क्षेत्रमा नेपाल अग्रणी स्थानमा रहेको चर्चा गर्दै अध्यक्ष थापाले मुलुकको आर्थिक विकास र समृद्धिको निमित्त सञ्चारमैत्री नीति हुनुपर्नेमा जोड दिनुभयो ।

वानका अध्यक्ष चन्द्र न्यौपानेले सबैको सहयोगबाट एफएम रेडियोलाई व्यावसायिक र आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्दै रेडियोलाई थप व्यावसायिक, आत्मनिर्भर, सशक्त र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर