Aamsanchar

बलात्कारीलाई फाँसीको सजाय माग गर्दै प्रदर्शन

Author Image
मङ्गलवार, चैत २७, २०७४

काठमाडौँ,

बलत्कारीलाई कानूनमा नै फाँसीको सजायको माग गर्दै मंगलबार प्रदर्शन गरिएको छ ।

नयाँबानेश्वरदेखि माइतीघरसम्म बलत्कारीलाई संविधानमा नै फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै रक्षा नेपालले आज प्रदर्शन गरेको हो ।

¥यालीमा ‘आफ्नो छोरी चेलीको अस्मिताको पहरेदार आफँै बनाँै बलात्कारीलाई फाँसी नै चाहिन्छ, ‘बलात्कारीलाई फाँसी दे’ जस्ता नारा लगाइएको थियो । उनीहरुले संविधान संशोधन गरी बलत्कारीलाई फाँसीको व्यवस्था कानूनीरुपमा नै हुनुपर्ने जोडदार माग गरेका छन् ।

पछिल्लो समय आफन्त र परिवारकै सदस्यबाट नै धेरै बालबालिका बलात्कृत हुनु परेकाले यसको सजायका लागि संविधान संशोधन गरी फाँसीको व्यवस्था गर्नुपर्ने रक्षा नेपालकी सावित्री सुवेदीले बताउनुभयो ।

उहाँले बलात्कार जघन्य अपराध भएकाले मिलापत्र गराएर अपराधी उम्काउन नपाइने बताउनुभयो ।

Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर