बुधबारे।

सनराइज बैंक लिमिटेड बुधबारे शाखाले स्वास्थ्य तथा दुर्घटना बीमा अभियानबारे अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा बचतकर्ताले अस्पताल भर्ना भई स्वस्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैया नबढ्ने गरी आफ्नो खातामा रहने बार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकममध्ये जुन न्यून हुन्छ सो रकम दाबी गर्न पाउने जानकारी दिइयो । ग्राहकले खाता खोलेको पहिलो दिनबाट नै स्वस्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउने व्यवस्था गरेको बताइएको छ ।
कार्यक्रममा बचत खाताका ग्राहकले दुर्घटना साथै स्वस्थ्य बीमा पाउने भएको र त्यसका लागि बैंकले शिखर इन्सोरेन्स कम्पनी लिमिटेडसँग बीमा सम्झौता गरेको कार्यक्रममा जानकारी दिइयो । स्वास्थ्य बीमा दाबी गरेको सात दिनभित्र रकम पाउने व्यवस्था समेत गरिएको बताइएको छ ।

बैंकले ग्राहकको प्रत्येक बचतखातामा दुर्घटना बीमा सुबिधा प्रदान गर्दै आएको र दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा पाँच लाख रुपैयाँ नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको चार गुणासम्म दाबी गर्न सकिने जानकारी दिइयो ।
कार्यक्रममा बुधबारे शाखाका शाखा प्रबन्धक तेजबहादुर थापा मगर तथा काँकरभिट्टा शाखाका शाखा प्रबन्धक कुमार खड्काले स्वस्थ्य तथा दुर्घटना बीमाका बारेमा जानकारी दिएका थिए ।
केन्द्रीय कार्यालय बजारीकरण बिभागका कर्मचारी बिनोद भण्डारीले ईलेक्ट्रोनिक बैकिङ सेवाका बिषयमा जानकारी गराएका थिए ।

