Aamsanchar

चट्याङ लागेर झापामा एक जनाको मृत्यु

Author Image
बुधवार, चैत २८, २०७४

झापा ।

हावाहुरी पानीसंगै परेको चट्याङ लागेर झापाको कचनकवलमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका १ कुटी बजार निवासी ५५ बर्षीय महेशलाल यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

सीमापारी भारतीय बजार गएका यादवलाई घर फर्किने बेलामा बाटोमा मंगलबार बेलुका ८ बजेतिर चट्याङले हानेका थिए । चट्याङ लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि भद्रपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर