Aamsanchar

विष्फोटक पदार्थबाट घाइते बालकको अवस्था गम्भीर

Author Image
बुधवार, चैत २८, २०७४

उदयपुर, 

त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशाला क्षेत्रमा आज दिउँसो अज्ञात व्यक्तिले झोलामा छाडेको विष्फोटक पदार्थ पड्केर स्थानीयवासी १४ वर्षीय बालक पारस राई गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार हुन नसकेपछि सुनसरी धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ ।

थरुहट रंगशाला नजिकै हवाई फिल्डको चौरमा भैँसीका पाडा चराउँदै गरेका बालकले झोलामा कालो वस्तु देखेको र त्यो हेर्न खोज्दा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताउनुभयो ।

विष्फोटबाट घाइते बनेका बालकको पेटमा बमको छर्रा लागेको र टाउकामा समेत चोट लागेका कारण जिल्ला अस्पताल उदयपुरमा उपचार हुन नसकी धरान पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । उक्त बम कसले छाडेको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर