Aamsanchar

राजश्व छलेर ल्याएको ११२ थान मोबाइल बरामद

Author Image
बिहिवार, चैत २९, २०७४

काठमाडौँ,

महानगरीय प्रहरी परिसर, काठमाडौँले दिल्लीबाट राजश्व छली गरेर ल्याएका ११२ थान मोबाइलसहित चार जनालाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले मोबाइलसहित रामेछापका कृष्ण थापा मगर, सिन्धुलीका भुवनबहादुर भुजेल, दोलखाका हरिबहादुर श्रेष्ठ र संखुवासभाका तिलक श्रेष्ठलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले भारतबाट काठमाडौँ आउँदै गरेको बा५ख १२३५ नं को बस जाँचका क्रममा ती मोबाइल फेला परेको जानकारी दिनुभयो ।

उहाँले अनुसन्धानका क्रममा संखुवासभा धर्मदेवी घर भई पुतलीसडक बस्ने सुमिता श्रेष्ठको डेरामा लुकाई राखिएका १८ थान मोबाइल बरामद गरिएको बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर