Aamsanchar

६० वर्षीय पासवान बेपत्ता

Author Image
बिहिवार, चैत २९, २०७४

लहान, 

सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुर निवासी एक वृद्ध बुधबार बिहानदेखि बेपत्ता भएका छन् ।

आफ्नै खेतमा काम गर्न गएका ६० वर्षीय लक्ष्मण पासवान बेपत्ता भएका हुन् । बुधबार बिहान खेतमा काम गर्न जान्छु भन्दै हिँडेका पासवान अहिलेसम्म घर नफर्किएको परिवारजनले बताएका छन् ।

बेपत्ता भएका पासवानलाई परिवारका सदस्य तथा गाउँलेले खोजी गरे पनि अहिलेसम्म फेला नपरेको विष्णुपुर गाउँपालिका वडा नं १ का वडाध्यक्ष गोपेन यादवले जानकारी दिनुभयो ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर