Aamsanchar

दुर्घटनामा एकको मृत्यु, आठ घाइते

Author Image
बिहिवार, चैत २९, २०७४

नवलपरासी,

पूर्वी नवलपरासीस्थित बुलिङ्गटार गाउँपालिकाको सिमार्दीमा आज जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य आठजना गम्भीर घाइते भएका छन् ।

भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग१ज ५३३७ नंको जिप बुलिङ्गटार गाउँपालिका–५ र ६ को बीचमा पर्ने सिमार्दीमा कच्ची सडकबाट खसेको थियो ।

मृत्यु हुनेमा जिपमा सवार तनहँु रिसिङ्ग गाउँपालिका–५ का भीमबहादुर मुग्नी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

घाइतेहरूको चितवनको विभिन्न अस्पतालमा भइरहेको बुझिएको छ ।

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर