

बिर्तामोड , चैत २९ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड–५ निवासी विपीन बजगाई र विनिता बजगाईले २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
आज विहीवार आयोजित एक कार्यक्रमकाबीच आफ्नो जन्मदिनको अवसर पारी विपीनले पत्रकारको हितका लागि उपचार कोषमा उक्त रकम प्रदान गरेका हुन् । बजगाई दम्पत्तिले पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् उपचार कोषका संयोजक एकराज गिरी र उपाध्यक्ष भीमा शिवाकोटीलाई संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । विपीन युनिक मेसिनरी ट्रेडर्स तथा युनिक इन्टरप्राइजेज बिर्तामोडका सञ्चालक हुन् । उनी नयाँ उज्यालो साकोसका अध्यक्ष समेत रहेका छन् ।
पत्रकारको हितका लागि एक करोड रुपैयाँको अक्षयकोष बनाउने उद्देश्यसहित सञ्चालित अभियानमा सबैले सहयोग गर्नुपर्ने बताउँदै बजगाईले आफ्नोतर्फबाट आगामी दिनमा पनि कोषलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाए । सहयोगप्रति महासंघ झापाका उपाध्यक्ष गिरीले धन्यवाद ज्ञापन गरे । जन्मदिनमा पत्रकारको हितमा पवित्र सहयोग गर्न पाएकोमा वजगाँइले खुशी व्यक्त गरेका छन् ।
Views: 154

