

संसारको सबैभन्दा पवित्र नाता, आमा संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा हामीमध्य धेरैले सर्वप्रथम बोल्न सीकेको शब्द, आमा अनि पल पलमा संझना आउने, सुख्ख दुख्खमा झझल्को आउने एउटा अनुहार, आमा हो हरेक वर्षको बैशाख कृष्णपक्षको औँसीमा आमाको मुख हेर्ने चलन छ यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।
यसै सम्मानित पर्वको अवसर पारेर वीरता लेडी जेसीजले विहिबार शिवसताक्षी नगरपालिका माईधारमा रहेको लक्ष्मीनारायण मन्दिरमा आश्रय लिएर बसेका जेष्ठ माताहरुलाई सम्मान र भोजन गराएको छ ।
वीरता लेडी जेसीजकी संगीता चिमरिया र रिमा भट्टराइृको संयोजनमा आयोजित कार्यक्रमको अध्यक्षता वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता ढकालले गरेकी थिईन सो कार्यक्रमको प्रमुख अतिथि विर्तामोड नगर उपप्रमुख पवित्रा महतरा प्रसाई रहनु भएको थियो ।
मन्दिरमा रहेका २५ जना माताहरुलाई रामनामीसल, नगद र विभिन्न खाद्यन्नका परिकारहरु खुवाएर सम्मान गरिएको थियो ।
जेसीजले विगत तिन बर्ष देखि बर्षेनी माता तिर्थको अवसरमा विभिन्न आश्रममा पुगेर माता पितालाई सम्मान गदै आएको र अन्य विभिन्न क्षेत्रमा रहेका असाहयहरुलाई मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने जेसीजको मुल मन्त्रलाई सार्थक बनाउन लेडी जेसीज सधै क्रियाशिल रहदै आएको पूर्व अध्यक्ष पार्वता खरेल विमलीले कार्यक्रमको औचित्यमाथी प्रकास पार्ने क्रममा बताएकी थिईन ।
निकै कष्टकर जीवन यापन गर्दै आएका जेष्ठ माताहरुलाई वडा अध्यक्ष कर्ण बहादुर थापा, वीरता जेसीजका अध्यक्ष एकराज गिरी, सुरुंगा जेसीजका अध्यक्ष भिमप्रसाद भट्टराई, विर्तामोड नगर सदस्य द्रौपदा गणेश, रौनियार सेवा समिति अध्यक्ष संगीता रौनियार, विर्तामोड लायन्स क्लवका अध्यक्ष ओमकृष्ण विमली, लक्ष्मीनारायण मन्दिरका अध्यक्ष स्वामी भागवत आचार्य, जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल र प्रमुख अतिथि प्रसाईले सुस्वास्थ्य, दिर्घ जीवनको शुभकामना दिएका थिए ।
कार्यक्रमको संचालन महासचिव सरु खनाल र आस्था वाचन जेसी रिमा भट्टराईले गरेका थिए ।
Views: 170

