Aamsanchar

बुद्धशान्तिमा जगत् उद्बोधनको लोकार्पण

Author Image
बिहिवार, चैत २९, २०७४

झापा ।

जगद्गुरु जन्म स्थल संरक्षण तथा पूर्वीय दर्शन अध्ययन केन्द्रले जगत् उद्बोधन नाम पुस्तक प्रकाशन गरेको छ । पछिल्लो समय पाश्चात्य संकृतिले गर्दा पूर्वीय दर्शन तथा आत्मदर्शन ओझेमा परेको भन्दै पूर्वी दर्शनको संरक्षण गर्ने उद्धेश्यले पुस्तक प्रकाशन गरिएको जनाइएको छ ।

जगत् गुरु बालसनतको जन्म स्थल झापाको बुद्धशान्ति–२ मा बिहिबार आयोजित एक कार्यक्रमबा बीच जगत् उद्बोधन नाम पुस्तकको विमोचन गरिएको छ । बालसन्त आफैं आएर विमोचन गर्ने कार्यक्रम रहेपनि अस्वस्थ्यताका कारण जगत्गुरु आउन नसकेपछि गाँउपालिकाका अध्यक्ष रमेशकुमार भुलेजलले पुस्तकको लोकार्पण गरेका हुन् ।

गाँउपालिकाका अध्यक्ष भुजेलले बालसन्तको जन्मभुमी बुद्धशान्ति गाँउपालिमा नै रहेकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । उनले पूर्वींय संकृतिको संरक्षणका लागी यो पुस्तक महत्वपूर्ण सावित हुने धारणा ब्यक्त गरेका छन् ।

पुस्तकको समिक्षा गर्दै मेची बुहमुखी क्याम्पस भद्रपुरका सह–प्राध्यापक डा.ठाकुर पोख्रेलले पूर्वी दर्शन सिद्धान्त र पूर्वीय मान्यताका लागी यो पुस्तक महत्वपूर्ण रहेको बताएका छन् । १४ जना लेखकले पुस्तकमा आफ्ना धारणा ब्यक्त गरेको भन्दै उनले यो पुस्तक अध्ययन पश्चात् हाम्रौ मौलिक संकृति, धर्म र यसका मान्यताका विषयमा थप जानकारी प्राप्त गरिने भएकाले सबैले एक पटक पुस्तक अभ्ययन गर्नुपर्ने बताएका छन् ।

जगत् गुरु बालसन्तको जन्मभूमीका धर्म र दर्शनका विषय समेटेर पुस्तक प्रकाशन हुन अत्यन्त सरहानीय कुरा भएको पोख्रेलको भनाई छ । उनले पछिल्लो समय पाश्चात्य संकृतिको सिको गर्दै पूर्वी संकृतिलाई भताभुङ्ग पार्ने काम हुन थालेको भन्दै सचेत हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै बृन्दा माता, पूर्व गाविस अध्यक्ष खडानन्द वाग्ले, अध्ययन केन्द्रका अध्यक्ष लीलानाथ भट्टराई लगायतले बोल्दै धर्म परिर्वतनका नाममा नेपालमा धार्मिक द्धन्द्ध निम्त्याउन केही समुह उद्धत रहेको बताएका छन् । पछिल्लो समय सनातन हिन्दु धर्ममाथि विभिन्न किसिमबाट आक्रमण भइरहेको भन्दै वक्ताहरुले यो पुस्तक हाम्रो संकृति र संम्पदा संरक्षणको धरोहर बन्न सक्ने विचार ब्यक्त गरेका छन् ।

कार्यक्रममा पूर्वीय दर्शनका ज्ञाता पंडित टीकाराम भट्टराईलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । विभिन्न धार्मिक संघ संस्थामा आवद्ध रहेका भट्टराई महेन्द्र विद्या भुषणबाट समेत सम्मानित भइसकेका छन् । हिन्दु धर्मसम्बन्धि दर्शन र पूर्वीय ग्रन्थका ज्ञाता भट्टराई वृद्ध अवस्थामा समेत अध्ययनमा सक्रिय रहेका छन् ।

जगद्गुरु जन्म स्थल संरक्षण तथा पूर्वीय दर्शन अध्ययन केन्द्रका अध्यक्ष लीलानाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बुद्धशान्ति गाँउपालिकाका अधयक्ष रमेशकुमार भुजेल, अतिथीहरुमा मेची क्याम्पस भद्रपुरका सह–प्राध्यापक डा.ठाकुर पोख्रेल, शम्भु ढकाल, नारायण भट्टराई, मेघनाथ ढकाल, पं टीकाराम भट्टराई, लगायत रहेका थिए । उपस्थित सबैलाई गणेश निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नन्दकुमार तिम्सिनाले गरेका थिए । स्वस्ती बाचन गरेर सुरु गरिएको कार्यक्रममा झापाका विभिन्न स्थानका साथै इलाम, पाँचथर लगायतका स्थानबाट समेत धर्मानुरागीहरु आएको सचिव कृष्णप्रसाद ढकालले जानकारी दिए ।

Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर