Aamsanchar

द्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न

Author Image
शुक्रवार, चैत ३०, २०७४

बुधबारे, चैत्र ३०। झापाको बुद्धशान्ति १ मा ६ दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ । महिला छाता संगठन बुद्धशान्ति १ साविक बुधबारे ६ ले आयोजना गरेको तालिम एक कार्यक्रमको आयोजना गर्दै सकिएको हो । संगठनकी अध्यक्ष गीता खतिवडाको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ की महिला सदस्य यमुना चापागाईको प्रमुख आतिथ्यमा प्रशिक्षाथीं ४९ जनालाई प्रमाण पत्र वितरण गर्दै कार्यक्रम सम्पन्न भएको हो । लक्ष्मी प्रसाईंले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि चापागाई, विशेष अतिथि प्रशिक्षक गोपाल काफ्ले, प्रशिक्षक अनिल वाग्ले, प्रशिक्षक हरिकृष्ण भण्डारी, सहभागी प्रशिक्षार्थीहरु मुना खनाल, जमुना ढकाल लगायतले मन्तव्य राखेका थिए ।

गोपाल काफ्ले, अनिल वाग्ले, हरिकृष्ण भण्डारी र सरोज पौड्याल प्रशिक्षक रहेको कार्यक्रमको सहजीकरण गोकुल पौड्यालले गरेका थिए ।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर