

विनोद पाण्डे कमल

चारपाने, बैशाख १ । झापाको कनकाई नगरपालिकालाई पर्यटकीयस्थल बनाउने उदेश्यले नयाँ बर्ष २०७५ को अवसर पारेर वडा नम्वर ८ र ९ को सिमानामा पिकनिक स्पर्ट स्थापना गरिएको छ । विरिङ पुलदेखि दक्षिणमा रहेको ३० विगाहा क्षेत्रफलमा ‘रमणिय पिकनिक स्पट’को निर्माण गरिएको हो ।


केही बर्ष अघि त्यस स्थानमा खोला नियन्त्रण गर्नका लागि स्थानीयले बृक्षरोपण गरेका थिए । आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य साथै पर्यटकीय प्रवद्र्धन गरेर स्थानियलाई रोजगारीको अवसर दिलाउने उदेश्यले पिकनिक स्पट स्थापन गरिएकोमा स्थानीयहरु धेरै खुशी देखिन्थे । विकासका हिसावले पछि परेको सो स्थानमा स्थानीयको सहयोगमा पर्यटकीयस्थल निर्माण गर्न लागिएको कनकाई नगरपालिका वडा नम्वर ८ का अध्यक्ष प्रेमबहादुर कटुवालले बताएका छन ।


घना जंगल र सिमसार रहेको सोहि स्थानमा पिकनिक स्पट समितिले शनिवार एक कार्यक्रम गरि रमणिय पिकनिक स्पटको उद्घाटन गरेको छ । कार्यक्रममा कनकाई नगरपालिका ८ का अध्यक्ष कटुवालले ऐलानी तथा नदीकटान रहेको संरक्षण गर्ने उदेश्य राखेर उक्त क्षेत्रमा डिपिआर समेत गराई सकेको बताए । ‘काठमाडौंको कन्सल्टेन्सीले डिपिआर गरिसकेको छ’, अध्यक्ष कटुवालले भने ‘ कम्तिमा ५० लाख लगानी गछौं ।’ आगामी बर्ष कालोपत्रे सडकका लागि पहल गरिने उनले बताए । अध्यक्ष कटुवालले असार महिनाभित्रमा विरिङ पुल दक्षिणदेखि घैलाडुव्वा पशुबजारसम्म एकलाख बृक्षरोपण गर्ने योजना समेत रहेको बताए ।

‘यस स्थानमा सामुदायिक वन र पर्यटकीय स्थल निर्माण गरेर धेरैलाई आर्थिक रुपमा सवल बनाउने र सामाजिक विकास गर्ने आफ्नो चुनावी एजेण्डालाई सार्थक बनान आफु हरदम लागि पर्दै आएको अध्यक्ष कटुवालले भने ।’

नगरपालिकाका मेयर राजेन्द्रप्रसाद पोखरेलले कनकाई नगरीलाई पर्यटकीय स्थल बनाउन आम नगरवासीको लक्षलाई पुरा गराउन नगरकै डिपिआरसहितको मास्टर पलान बनाइरहेको बताए । वडा नम्बर ८ मा रहेको यस स्थल खोला नजिक भएको र सिमसारका लागि पनि उपयुक्त स्थान भएकाले सिमसार बनाउन सकिने बताए । ‘ठाउँले के माग्छ, त्यस अनुरुप काम गर्नेछौं, यो कामले पर्यटकिय नगर बनाउन टेवा पुर्याएको छ, मेयर पोखरेलले भने ‘यस स्थानलाई करिडोर क्षेत्रका रुपमा पनि हेरेका छौं ।’ राजमार्गदेखि नजिकै रहेकाले पर्यटकीय स्थल उपयुक्त हुने उनले बताए ।

पिकनिक स्पर्टका अध्यक्ष गोपालप्रसाद चुडालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख पोखरेल नै रहेका थिए । उद्घाटन कार्यक्रममा हिमाली आधारभूत बिद्यालयका प्रधानध्यापक केशव ओझा, शिक्षक लेखनाथ गुरागाई, वडा नम्बर २ का अध्यक्ष पर्शुराम गिरी, वडा नं. ९ का अध्यक्ष प्रेमप्रसाद राजवंशी, अनिता राई, कनकाई उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनाल तिम्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए । वडा नम्बर ८ का अध्यक्ष कटुवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सदस्य सुनिता सिग्देलले गरेकी थिइन् ।
बाकी फोटो फिचर पनि हेर्नुहोस्








