Aamsanchar

विषादि मापन प्रायोगशाला सञ्चालनमा कानूनी जटिलता

Author Image
बुधवार, वैशाख ५, २०७५

झापा 

झापाको बिर्तामोडस्थित कृषिथोक वजार भित्र स्थापना गरिएको तरकारी तथा फलफूलमा विषादि अवषेश द्रुत बिश्लेषण प्रयोगशाला सञ्चालनमा कानूनी जटिलताका देखिएको छ ।

एक वर्ष अघि नै निर्माण सम्पन्न भएर गत जेठबाट सञ्चालनमा आएको प्रयोगशाला सञ्चालनका लागि स्पष्ट कानून नहुँदा समस्या भएको बताइएको छ । ढिलो गरी विषादि मापनका लागि कार्यविधि बनेपनि यसको नियमन गर्ने निकाय र नियमन पछिको ब्यवस्थापन गर्ने निकाय एउटै हुँदा यसमा समस्या भएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक अच्युतप्रसाद ढकालले बताउनुभयो ।

बिर्तामोडमा ब्यवसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) विराटनगरको संयोजन तथा वल्ड वैंकको सहयोगमा प्रयोगशाला निर्माण गरिएको छ । तर, प्रयोगशाला सञ्चालनका लागि कानूनी जटिलता भएको विषादि अवषेश द्रुत बिस्लेषण प्रयोगशाला बिर्तामोडका प्रमुख राजेन्द्र खरेललले बताउनुभयो ।

मेची अञ्चलकै मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको बिर्तामोडमा भारत लगायत तेस्रो देशबाट समेत तरकारी तथा फलफूल आयात हुने गरेको छ । झापामा उत्पादित तरकारीको पनि विक्री यही कृषि उपज वजारमा बढी हुने भएपछि यहाँ विषादि अवषेश द्रुत बिस्लेषण प्रयोगशाला निर्माण गरिएको हो ।

यता बिर्तामोड नगरपालिका – ५ का अध्यक्ष राजेन्द्र लिङ्देनलले बिर्तामोड नगरपालिकाले विषादि मुक्त नगरका लागि ६५ लाख रुपैयाँ वजेट छुट्याएको बताउनुभयो । विर्तामोड नगरपालिकाकाले नगरको कृषि विकासका लागि यस वर्ष १ करोड ५८ लाख ६३ हजार रकम विनियोजन गरेको छ ।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर