Aamsanchar

राजन र सुरज झापालीका ढुकढुकी हुन्

Author Image
बुधवार, वैशाख ५, २०७५

नरेन्द्र ढकाल

यो देशमा म एउटा मानिस खोजी रहेछु….यो गितका हरफहरुका शब्दहरुको अर्थ खोज्दै जाँदा जुनदिन सम्झदा आज पनि आँङ जिरिङ हुन्छ । हो राजनीतिक परिर्वतनका लागी झापाले महत्वपूर्व भूमीका निर्वाह गरेको कुरा सबैलाई ज्ञान भएकै कुरा हो । तर देशमा ठूला–ठूला क्रान्ति भएपनि जनताले अझै पनि आभास गर्न सकिरहेका छैनन् । आज वैशाख ६ गते । २०६३ सालको वैशाख ६ गते झापाको सदरमुकामा चन्द्रगढी कसैले पनि रणभुमी बन्ला भन्ने आंकलन समेत गरेका थिएनन् ।

राजा ज्ञानेन्द्रको तानाशाही प्रवृत्तिले वाक्क भएका जनता तर तत्कालिन नेकपा माओवादीको त्रास–त्रासै त्रास पूर्ण गृह युद्धका कारण थिलथिलो बनेको नेपालमा शान्तिको खोजी गर्दै जनताले निकासको बाटो रोज्ने क्रममा जन–आन्दोलनलाई आत्मसात गर्न पुगेका थिए । सोही क्रममा तत्कालिन सात राजनीतिक दल र सशस्त्र युद्ध गरिरहेको तत्कालिन नेकपा माओवादी बीच भारतको नयाँ दिल्लीमा १२ बुदे सम्झौता भयो । त्यस पश्चात ज्ञानेन्द्रको साशनसत्ता विरुद्ध सुरु भएको जन–आन्दोलन उग्र बनदै गएको थियो । राजनीतिमा संधै अग्रभागमा रहेको झापामा आन्दोलन नहुने कुरै भएन् ।

राजनीतिक दलहरुको आवाह्नमा भएको आन्दोलन वैशाख ६ गते सदरमुकाम घेराउ गर्दै प्रर्दशनको कार्यक्रमको आयोजना गरिएको थियो । तत्कालिन राजा ज्ञानेन्द्रको आदेशमा जिल्ला प्रशासन कार्यालयले निष्ेधाज्ञ जारी गर्दै शाही नेपाली सेना तैनाथ गरेको थियो । हो सेनाले जुनसुकै बेला पनि गोली चलाउन सक्ने भन्ने केही अगुवाहरुलाई राम्रैसंग थाहा थियो । तर यसरी बर्बद दमन गर्ला भनेर कसैले कल्पना समेत गरेका थिएनन् ।

हजारांैंको भीड जिल्लाका विभिन्न स्थानबाट राजमार्ग केन्द्रित हुदै सदरमुकाम तर्फ अघि बढ्न सुरु गरेसंगै शाही नेपाली सेना आत्याधुनिक शतियार सहित उक्त आन्दोलन निषतेज पार्ने रणनीतिका साथ तैनाथ थिए । आन्दोलन अघि बढी रहेका बेला राजन गिरी र सुरज विश्वासले कल्पना समेत गरेका थिएनन् की मेरो अब सास होइन लास मात्र घरमा आइपुग्छ भनेर । हुने हार दैव नटार भने झैं जे नहुनु थियो त्यही भयो वैशाख ६ गते सदरमुकाम चन्द्रगढीमा । एका–एक गोली चल्दा युवा उमेरका सुरज र राजनले सदहत प्राप्त गरेभने सयौं घाइते भए । सेनाले गोली चलाएपछि एकै छिनमा रणभूमीमा परिणत भएको सदमुकाम चन्द्रगढीमा कोलाहाल मच्चिएको थियो । जनताले शान्ति र समृद्धिका लागी जुन बलीदानी दिए । आज पनि अनुभू ितगर्न नपाउदा पककै पनि शहीदका सपना पुरा नभएको हामी सबैले मुल्याङ्कन गरेका छौं ।


देशमा राजतन्त्रको अन्त्य भइसकेपछि गणतन्त्र आएको पनि एक दशक पुरा भइसकेको छ । हो मुलुकमा नेपालको संविधान बनिसकेपछि त्यसको कार्यान्व्यन स्वरुप स्थानीय,प्रदेश र संघिय इकाईको चुनाव सम्पन्न भइसकेपछि नयाँ सरकार समेत गठन भएको सयदिन पुग्नै लागी सकेको छ । तथापि जनताले परिर्वतनको अनुभूति गर्न सकेको पाइनन् । हो परिर्वनत त आयो केलब नेताहरुका लागी मात्र । जनताले जुन आशा र अपेक्षा राखेर आन्दोलनमा सहभागिता जनाएका थिए त्यो पुरा हुन सकेको छैन् । त्यसैले मुलुकको सर्वोपरी विकासका लागी बेलैमा साच्ने सत्बुद्धि नआएमा राजनीतिक दलको हालत पनि ज्ञानेन्द्रक ाझैं नहोला भन्न सकिनन् ।

राजन र सुरजका परिवारले शहीद परिवार बाहेक अरु कुनै नाम पाउन सकेका छैनन् । उनीहरुको परिवारको अपेक्षा पुरा नहुनुमा नेतृत्व गण नै दोषी देखिन्छ । उनका छोराले देखेको परिर्वतनको सपना सारा नेपालीका छोराछोरीले अनुभुती नगरेसम्म शहीद परिवारको कुनै सम्मान हुदैन् । यदि राज्यले शहीदको सम्मान गर्न जान्दैन भने अपमान गर्ने अधिकार पनि छैन् । आज शहीद शब्दको अपब्याख्या भइरहदा समेत मुकदर्शकबन्नु परेको परिस्थिती रहेको छ । यो मन भित्रको कुन्ठा जुनसुकै बेला पनि आशोक्रमा परिणत हुन सक्छ । त्यसैले बेलैमा सोच विचार पु¥याउन जरुरी रहेको छ ।

नेताहरुले आज बैशाख ६ गते राजन र सुरजका विषयलाई जोडतोडका साथ उठान गरेपनि त्यसपछि नत उनको योगदानको कतै चर्चा हुन्छ नत उनको परिवारको नै कतै खोजी । यस्तो अवस्थामा शहीदको सम्मान पर्दापनि अपमान धेरै भएको आंकलन गर्न सकिन्छ । त्यसैले एक पटक सबै सजगभ एर झापाका राजन र सुरज मात्र नभई मुलुकमा परिवर्तनका लागी जस–जसले आफ्नो ज्यानको बलिदान दिएका छन् । उनीहरुको सपना साकार पार्दै मुलुको बृहत्तर विकासका लागी एक जुट हुन जरुरी रहेको छ । आज वैशाख ६ गते विशेषत शहीद राजन र सुरज प्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गदर्छु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर