Aamsanchar

गजेन्द्रलाई सहयोग रकम हस्तान्तरण

Author Image
बिहिवार, वैशाख ६, २०७५

झापा,

विर्तामोड–५ निवासी गजेन्द्र साउदेनलाई फर्निचर तथा फर्नि्सिङ्ग ब्यवसायी संघ झापाले ४४ हजार २ सय रुपैंया रकम सहयोग गरेकोे छ ।

व्यवसायी संघको कार्यालयमा एक कार्यक्रमका बीच उक्त रकम हस्थान्तरण गरिएको जिल्ला सचिव छत्र कार्कीले बताए ।

साउदेनको न्यु पाथिभरा फर्निचर उद्योगमा फागुन ९ गते आगलागी भई लाखौं मूल्य बराबरको काठ, फर्निचर क्षति भएकाले उक्त रकम सहयोग गरिएको संघले जनाएको छ । फर्निचर तथा फर्निसिङ आम्बद्ध रहेका गजेन्द्र साउदेन को न्यु पाथिभरा फर्निचर उद्योग मा गत फाल्गुण ९ गते अचानक आगलागी भै लाखौं को क्षति भएको थियो ।

फर्निचर तथा फर्नि्सिङ्ग व्यवसायी संघ जिल्ला कमिटी अध्यक्ष टेक बहादुर खुुजुम र बिर्तामोड नगर कमिटी अध्यक्ष गोपाल खनालले उक्त रकम संयुक्त हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला बरिष्ठ उपाध्यक्ष ओम भक्त प्रसाई सहित नगर र जिल्लाका पदाधिकारीको उपस्थिती रहेको थियो ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर