Aamsanchar

अन्तर्राष्ट्रिय उडान शुरु

Author Image
शुक्रवार, वैशाख ७, २०७५

काठमाडौँ,

मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्नबाट चालु भएको छ ।

हिजो राति दुर्घटनामा परेको जहाजलाई तानेर त्यहाँबाट हटाएपछि अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको विमानस्थलका महाप्रबन्धक सञ्जिव गौतमले जानकारी दिनुभयो । विमान दुर्घटना भएको १४ घण्टा पछि पुनः अन्तराष्ट्रिय उडान शुरु भएको हो ।

मालिन्दो एयरको जहाज मलेसिया उडान भर्ने क्रममा बिहीबार राति १० बजेर ७ मिनेटमा धावनमार्गबाट अनियन्त्रित भएर करिव ४० मिटरसम्म कोटेश्वरखण्डको घाँसे मैदानमा पुगेकाले सबै अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो ।

अन्तर्राट्रिय उडान शुरु भएसँगै पहिलो प्राथमिकता हिजो राति अन्यत्र मोडिएका विमानलाई अवतरण गराइने विमानस्थलले जनाएको छ ।

Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर