Aamsanchar

‘सिण्डिकेट’ अन्त्य गर्ने निर्णयमा पुनर्विचार हुँदैन– गृहमन्त्री थापा

Author Image
शनिवार, वैशाख ८, २०७५

काठमाडौँ,

गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक यातायात क्षेत्रको ‘सिण्डिकेट’ अन्त्य गर्ने सरकारको निर्णयमा पुनर्विचार नहुने स्पष्ट पार्नुभएको छ ।

आज गृहमन्त्रालयमा नेपाल यातायात व्यवसायी महासंघका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै उहाँले आन्दोलन छोडेर सरकारको निर्णयमा सहयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी केही यातायात व्यवसायीको मात्रै हित हुने सिण्डिकेटको पक्षमा छैनौँ, सबै यातायात व्यवसायीको हित हुने गरी निर्णय गरेका छौँ ।” गत वैशाख ४ गतेको मन्त्रिपरिषद् बैठकले हाल जिल्ला प्रशासन कार्यालयमार्फत यातायात व्यवसायी समितिलाई संस्थाका रुपमा दर्ता गरिँदै आएकामा अब दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको थियो । अब यातायात समितिले कम्पनीका रुपमा दर्ता हुनुपर्नेछ ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर