Aamsanchar

विभिन्न सिन्डिकेट खारेज गर्न महासंघको माग

Author Image
शनिवार, वैशाख ८, २०७५

काठमाडौँ,

नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा लगाउँदै आएको सिन्डिकेट खारेज गर्ने निर्णयको स्वागत गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी यातायात व्यवसायमा मात्र नभएर उद्योग, भन्सारलगायतका क्षेत्रमा भएको सिन्डिकेटसमेत खारेज गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

“आर्थिक उदारीकरण प्रारम्भ भएको दुई दशकभन्दा बढी समय व्यतित भइसकेको, खुलाबजार नीति अवलम्बन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सान्दर्भिक छैन भन्ने हाम्रो ठहर छ”, विज्ञप्तिमा भनिएको छ ।

विगतको राजनीतिक तरलताको फाइदा उठाउँदै भएको सिन्डिकेटको खारेजीमा सघाउन आम समुदायलाई महासंघले अपिलसमेत गरेको छ । महासंघले सरकारको निर्णयको विरोधमा यातायात व्यवसायीले गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन आग्रहसमेत गरेको छ ।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर