Aamsanchar

आगलागीबाट डेढ लाखको क्षति

Author Image
मङ्गलवार, वैशाख ११, २०७५

कञ्चनपुर,

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ नवजागरण टोलमा सोमबार प्रेम बुढाको घरमा आगलागी हुँदा रु डेढ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमाकान्त जोशीका अनुसार विद्युत् शर्ट भई आगलागी हँुदा घरमा आंशिक क्षति हुन पुगेको छ ।

आगलागीबाट घरभित्र राखिएको खाद्यान्न, लत्ताकपडा र महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण गरिएको छ । मानवीय र चौपाया क्षति भने नभएको बताइएको छ ।

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर