Aamsanchar

लागु औषध रं हतियारसहित सात भारतीय पक्राउ

Author Image
बुधवार, वैशाख १२, २०७५

विराटनगर,

पेस्तोल र ठूलो परिणामको प्रतिबन्धित लागुऔषधसहित सात भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा एक भारतीय महिलासहित सात जना छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–४ स्थित नोवेल कलेज अगाडिबाट भारतीय नम्बर प्लेटका तीन मोटरसाइकलबाट ठूलो परिमाणको एभिल, डाइजेलाभ, स्पास्मो प्रोक्सिभन, नाइट्रोसन, लुपीजेसिक, फेनारागन, डाइलेक्स डिसी र एक थान अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, एक थान म्यागजिन र छ थान गोलीसहित सातजनालाई पक्राउ गरिएको जानकारी दिइयो ।

पक्राउ पर्नेमा भारतीय नागरिक रोहितकुमार शर्मा, विनोद यादव, राजाकुमार यादव, निलमदेवी यादव, प्रकाशकुमार दास, रञ्जीतकुमार शर्मा र सुरजनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो ।

उनीहरूबाट भारतीय नम्बर प्लेटका तीन थान मोटरसाइकल, छ थान मोबाइल र नेपाली रु ८१ हजार बरामद गरिएको छ ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर