झापा।

बिर्तामोड नगरपालिका – ३ मा रहेको मुसहर वस्तीका आठ घर वुधवार विहान वर्षासंगै आएको हावाहुण्डरीले भत्काएको छ । वस्तीका सुरज ऋषिदेव, अञ्जु चौधरी, विनोद ऋषिदेवको घर हावाहुरीले भत्काएको हो ।

त्यस्तै विराटपोखरमा रहेका वसन्ती ऋषिदेव, सञ्जय ऋषिदेव, सत्रुधन चौधरीको घरपनि हावाहुरीले भत्काएको बताइको छ ।
खाना र नानाको समस्यामा रहेका मुसहर वस्तीका आठ घर हावाहुरीले भत्काएपछि सबैभन्दा बढी वालवालिका प्रभावित भएका छन् । घर भत्किएसंगै उनीहरु खुल्ला चौरमुनी रात बिताउन बाध्यछन् ।

विकासका आधारभूत आवश्यकताबाट समेत बञ्चित रहेका मुसहर वस्तीमा घर भत्किएसंगै थप पीडा थपिएको छ । वर्षेनी डुवानको समस्या झेल्दै आएका उनीहरुले राज्यको कुनैपनि सेवा सुविधा पाउन नसकेको गुनासो गरेका छन् । स्वास्थ्य, शिक्षा,यातायात, खानेपानी, विद्युत जस्ता विकासका पूर्वाधारबाट बञ्चित उनीहरु वर्षा र यो समयमा वर्नेनी कष्टकर जीवन निर्वाह गरिरहेका छन् ।

