शान्तिनगर ।
झापाको बुद्धशान्ति गाउँपालिका–७ गदाल गैह्रीकी एक बालिका १२ दिन देखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा स्थानीय रामबहादुर गदालकी १४ बर्षिया छोरी इश्वरा गदाल (एलिजा) रहेकी छिन् । गत बैसाख १ गते औषधी गर्न जाने भन्दै २ सय रुपैया बोकेर हिडेकी एलिजा हालसम्म घर नफर्किएपछि परिवार चिन्तित छन् । घर नर्फकिएको ४ दिनपछि नै प्रहरी र माइती नेपाल काकरभिट्टामा खबर गरेको उनकी दिदि बिमला गदालले बताईन् ।
ओठ र आँखाको डिलमा आएको दुवीको औषधी गर्न हिडेकी एलिजालाई बेलुकी झापाको सिमावर्ती क्षेत्र काकरभिट्टामा भेटेको स्थानीय एक महिलाले बताईन् । ‘मलाई कोही लिन आउने भन्दै, पानी ट्याङकीसम्म संगै हिडेकी एजिला त्यहाँ पुगेपछि कहाँ हिडिन् पत्तो नपाएको उनको भनाई छ ।
घर नजिकैकी साथीहरु बिबिसा बराईली, एलिसा लोहार र एलिजा मिल्ने साथी हुन् भन्दै, उनकी दिदि बिमलाले ‘घरबाट टाणा कहिल्यै नहिडेकी बहिनी साथी–संगतले नै हिडेकी हुन् ।’ बिबिसा र एलिसा नेपाल र भारतको पानी ट्याङकी ओहोर–दोहोर गरिरहेने र आफन्त कहाँ उतै बस्ने गरेका कारण उनीहरुले नै कतै लगेर छोडेको हुन सक्ने स्थानीय र परिवारको आरोप छ ।
बहिनी हराएको भोली पल्ट पानी ट्याङिक गई बिबिसा र एलिसा बस्ने गरेको घरमा पुगेपनि नभेटेको दिदि बिमलाको भनाई छ । सामान्य खेती किसानी गरि बस्ने रामबहादुरले हालसम्म छोरी घर नफर्किएपछि स्थानीय जनप्रतिनीधि, प्रहरी र माईती नेपालसंग छोरी खोजि दिन हार–गुहार गरिरहेका छन् ।
यता इलाका प्रहरी कार्यालय बुधबारेले एलिजाका साथीहरु बिबिसा र एलिसामाथी अनुसन्धान गरेको थियो । तर उनीहरु यो घट्नामा संलग्न नरहेको अनुसन्धानबाट खुलेपछि उनीहरु दुबै जनालाई छोडिएको इलाका प्रहरी कार्यालय बुधकारेका प्रमुख पदम–सुन्दर लिम्बुले बताए ।
उनीहरुको अनुसन्धानबाट एलिजाको केटासाथी (बुद्धशान्ति गाउँपालिका–४ आइतबारे) पनि भारतमै काम गर्ने र उनको साथमा गएको हुन सक्ने आशंका गरिएको तर आधिकारिक रुपमा पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घट्नाको सत्य÷तथ्य पत्ता लगाउन लागि परेको प्रहरीले बताएको छ ।