Aamsanchar

मेचीनगरका सामुदायिक विद्यालयहरुमा धमाधम सिसिटिभि र थम हाजिरी

Author Image
बिहिवार, वैशाख १३, २०७५

झापा ।

झापा मेचीनगरका विद्यालयहरुमा सिसिटिभि र विद्यालयका शिक्षक तथा कर्मचारीहरुको लागि विद्युतिय हाजिरीको धमाधम जडान हुन थालेको छ ।

मेचीनगर ४ स्थित पशुपति माविमा विहिबार विद्युतिय हजिरिको उद्घाटन भएको छ । त्यस्तै विद्यलयमा शिक्षक तथा विद्यार्थीहरुको गतिविधि निगरानीको लागि सिसिटिभीको समेत जडान गरीएको थियो । उद्घाटन कार्यक्रमका पशुपति माविका कार्यालय सहयोगी नेत्रप्रसाद खतिवडाले हिजिरी गरी उक्त विद्युतिय हाजिरीको थालनी गरिएको थियो । त्यस्तै विद्यालयका सबै शिक्षक र कर्मचारीहरुले हाजिरीको प्रयोग गरेका थिए । वडा नं. ४ कै दिपेन्द्र प्राविमा केही समय पछि नै उक्त प्रविधिको जडान गर्ने भनिएको छ ।

यसअघि मेचीनगर ४ कै सरस्वती माविमा विद्युतिय हाजिरी र सिसिटिभिको जडान गरीएको थियो । त्यस्तै बुधबार मेचीनगरकै अदर्श माविमा पनि हाजिरी जडान गरिएको थियो । मेचीनगरपालिकाका सामाजिक विकास समितिका संयोजक नविन बरालले नगरका सबै सामुदायिक विद्यालयहरुमा उक्त किसिमको हाजिरी र सिसिटिभिको व्यवस्था गर्दै जाने बताउनुभएको छ । बरालले नगर भरिका सबै निजि विद्यालयहरुले अनिर्वाय रुपमा वडाध्यक्षको सिफारिसमा कम्तिमा १० जना विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने नीति बनाइएको बताउनु भएको छ ।

नगरपालिकाको मातहतमा रहने गरी शिक्षा क्षेत्र आएसँगै सामुदायिक विद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्यामा समेत बृद्धि भएको र अबका दिनमा विद्यार्थीहरुलाई प्रभावकारी शिक्षा प्रदान गर्न सबै प्रकारका कार्यहरुमा मेचीनगरपालिका तयार रहेको बताउदैँ संयोजक बरालले नगरपालकिकामा बसेर सबै विद्यालयको गतिविधि हेर्न मिल्ने प्रविधिको समेत प्रयोग निकट भविष्यमै रहेको बताउनुभएको छ ।

Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर