विराटनगर ।

प्रदेश नम्बर–१ का ८८ जना प्रदेश सभा सदस्यले तलव भत्ता बुझेका छन ।

तलव, भत्तालगायतका सेवा सुविधा निर्धारणसम्बन्धि कानुन नबने पनि उनीहरुले मासिक ४५ हजार रुपैंयाँका दरले रकम बुझेका हुन् ।

प्रदेशसभाका प्रत्येक सदस्यले सपथ लिएको माघ ७ गते यता चैत्र मसान्तसम्मको हुन आउने एकमुष्ठ १ लाख २४ रुपैयाँ पारिश्रमिक बुझेका हुन् ।प्रदेश सरकारले कानुन बनाइ नसक्दै सदस्यहरुले पारिश्रमिक बुझेका हुन् ।

प्रदेश सभा सचिवालयका अनुसार प्रदेशसभाका सभामुख र उपसभामुखसहित ८८ जना प्रदेशसभा सदस्यलाई चैत्र मसान्तसम्मको पारिश्रमिक वापतको रकम दिइएको छ ।
प्रदेश नं १ मा प्रत्यक्ष र समानुपातिक गरी ९२ जना सांसद रहेपनि ४ जना प्रदेश सरकारको मन्त्री बनेका छन् ।
Views: 123

