काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी एकताको मिति १४ वैशाखमा घोषणा हुने बताएका थिए । त्यसको पूर्वसन्ध्यामा उनकी कान्छी छोरी तथा प्रचण्डको आन्तरिक व्यवस्थापनमा सघाउ गरिहेकी गंगा दाहालले मुख खोलेकी छन् ।

‘इतिहासमा एमाले, माओवादी दुवैको आ–आफ्नो मुल्य, संघर्ष र बलिदान भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘आकार अस्थिर र क्षणिक कुरा हो तर विचार, आदर्श र गन्तव्य स्थिर र मुल्यवान हुन्छ । चुनावी दौरानमा जनतामा गरिएको संकल्प कसैले पनि नभुलौं । समानता र न्यायोचित पार्टी एकताका लागि अब ढिलाई गर्नु हुँदैन जस्तो लाग्छ ।’

गंगा प्रचण्डको राजनीतिक, दैनिक व्यवस्थापकीय कामबारे ध्यान दिन्छिन् । छोरा प्रकाशको निधनपछि उक्त सहयोग गंगाले गर्दै आएकी छन् । प्रचण्डको दैनिक राजनतिक, घरेलु व्यवस्थापनदेखि भेटघाट र वार्ताको समय पनि गंगाले मिलाउने गरेकी छन् ।

गंगाका दुई छोरी छन् । जेठी स्मिता दाहाल गायिका हुन् । कान्छी विद्यालयको प्रारम्भिक शिक्षा लिइरहेकी छन् । उनले आमा सीता दाहालको पनि व्यवस्थापकीय जिम्मेवारी लिएकी छन् ।-दैनिक नेपालबाट

