Aamsanchar

‘ सेना बलात्कारमा संलग्न छैन’

Author Image
शुक्रवार, वैशाख १४, २०७५

काठमाडौं।

नेपाली शान्तिसेना कुनैपनि बलात्कारका घटनामा संलग्न नरहेको सैनिक मुख्यालयले जनाएको छ ।

नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै दक्षिण सुडानमा खटिएका नेपाली शान्ति सैनिकबाट दुई सुडानी बालिकामाथि बलात्कार भएको भन्ने आरोप अस्वीकार गरेको हो ।

उक्त घटनाबारे राष्ट्रसंघले पत्र पठाएअनुसार चार सदस्यीय छानबिन समिति बनाएर अनुसन्धान थालिसकेको जनाइएको छ ।

नेपाली शान्ति सैनिक खटिएको ‘अवेल’ सुरक्षा वेसमा सुडानी महिलाहरु तारबाट जबर्जस्ती भित्र छिर्न खोज्दा केही असहज घटना भएको पनि नेपाली सेनाले जनाएको छ ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर