एजेन्सी।

राजीव गान्धी स्टेडियममा हैदराबाद–पंजाबबीचको रोमाञ्चक प्रतिश्पर्धा हेर्न हजारौं दर्शक तयार थिए। हजारौंको भीडमा एक जना खास अनुहार पनि थियो। आइपीएलको २५ औं खेल हेर्न टलिउड अभिनेत्री इशा चावला पनि स्टेडियममा आएकी थिइन्।

इशा चावला हैदराबादका खेलाडीलाई हौसला दिँदै गरेको देखिन्थिन्। इशाले सुन्तला रङको टीशर्ट लगाएकी थिइन् भने उनी खेलको बीच बीचमा जोड जोडे सिट्टी बजाइरहेकी थिइन्। दिल्लीमा जन्मिएकी इशा चावला तेलुगू फिल्मकी अभिनेत्री हुन्। उनले २०११ मा फिल्म प्रेमा कवालीबाट डेब्यू गरेकी थिइन्। इशाले ६वटा फिल्ममा काम गरिसकेकी छन्। जसमध्ये एउटा कन्नड फिल्म पनि हो।

२०१२ मा इशा चावलाको एउटा सीनलाई लिएर विवाद खडा भएको थियो। फिल्मको एउटा गीतमा उनले किस गर्दै गरेको देखाइएको थियो। त्यसपछि उनलाई निकै अश्लील र गलत म्यासेज थाल्यो। तर इशाले आफूले उक्त सीन नदिएको दाबी गरेकी थिइन्।

इशाले सो विवादपछि सामाजिक संजाल ट्विटर चलाउनसमेत छोडेकी थिइन्। यद्यपी अहिले उनी ट्विटर र इन्स्टग्राममा निकै सक्रिय छिन् र आफ्नो फोटो शेयर गर्ने गर्छिन्।

