इलाम ।
मनाङ सस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
नेपाल आर्मी क्लाबलाई १–०को अन्तरले हराउदैँ मनाङ माइभ्याली गोल्डकपको फाईनलमा प्रवेश गरेको हो । मनाङको जितका लागि खेल शुरु भएको ५८औँ मिनेटमा अञ्जन विष्टले गरेको गोल नै निर्णायक बनेको हो ।
खेल अवधिभर प्रतिस्पर्धात्मक प्रदर्शनी भएपनि आर्मीले जवाफमा गोल गर्न नसक्दा सेमी फाईनलमै चित्त बुझाएको हो । नेपाल आर्मी क्लब माईभ्याली गोल्ड कपको पहिलो संस्करणको विजेता टिम हो । खेलको म्यान अफ दि म्याच मनाङका अञ्जन विष्ट भए । उनले नगद १० हजारसँगै चाँदीको मेडल प्राप्त गरे ।
१७ वैशाख गते फाईनल हुने चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशकाका गरी १२ टिमको सहभागिता रहेको थियो । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
२०७१ सालमा सुरु माईभ्याली गोल्डकप पुरस्कार र धनराशिका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो । भोलिको सेमी फाईनल खेल रुस्लान थ्री स्टार र एपिएफ विच हुनेछ ।