विराटनगर,

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलेसरकारले जातीय र समुुदायको मौलिक पहिचानको संरक्षणका लागि छिट्टै संग्रहालय निमार्ण शुरु गर्ने बताउनुुभएको छ ।

मोरङको कटहरी गाउँपालिका–२ मा रहेको नेपाल गनगाई कल्याण परिषदको नवनिर्मित सामुदायिक भवनको आज उद्घाटन गर्दै उहाँले सबै जातजाति र समुुदायलाई विकासको मूल प्रवाहमा ल्याउने गरी प्रदेश सरकारले आर्थिक समृद्धिका योजना ल्याउन लागेको जानकारी दिनुभयो ।

गनगाई समुदायको रु ३५ लाखको लागतमा उक्त सामुदायिक भवनको निर्माण गरिएको संस्थाका महासचिव सुरेशसिंह गनगाईले जानकारी दिनुभयो ।

Views: 175

