Aamsanchar

सुन तस्करी काण्डका आरोपीलाई सुटुक्क भेटेर काठमाडौं उडे डीआईजी शाह

Author Image
शुक्रवार, वैशाख १४, २०७५

मोरङ,

अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको साढे ३३ किलो सुन काण्ड र त्यही घटनासँग जोडेर हेरिएको मोरङ उर्लाबारीका सनम हत्याका आरोपीहरुलाई एक नम्बर प्रदेशका डीआईजी ज्ञानविक्रम शाहले गोप्य रुपमा भेटेका छन्  ।

दिउँसो १२ बजे एक नम्बर प्रदेश प्रहरी कार्यालयमा रहेका डीआइजी शाहले दिउँसो १ बजेर ४० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका बहालवाला एसपी, डीएसपी र पूर्व डीआईजीलाई गोप्य रुपमा भेटेका हुन् ।

डीआईजी शाह काठमाडौं जाने क्रममै समय निकालेर सिधै जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । त्यस बेला मोरङका एसपी अरुण कुमार बिसी कार्यकक्षमा थिएनन्  । डीआईजी शाह जिल्ला प्रहरी कार्यालयमा पुगेर झण्डै आधा घण्टा बसेर हिँडेका थिए । उनले पूर्व डीआईजी गोविन्द निरौला, प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल तथा प्रहरी नायव उपरीक्षक ( डीएसपी) सञ्जय राउतसँग मोरङका एसपी अरुण कुमार बिसीको कार्यकक्षमा भेट गरेको  श्रोतले बताएको छ ।  डीआईजी शाह सादा पोसाकमा जिप्रका पुगेका थिए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आजै दिउँसो करिब ३ बजेको फ्लाइटमा काठमाडौं गएका शाह आउँदो शनिबार फर्कने कार्यक्रम रहेको छ । सोमबार र मंगलबार बिदा भएकोले एक हप्तापछि फर्किने कुरा भएको प्रहरी श्रोत बताउँछ ।  डीआईजीले आरोपीहरुलाई भेटेको बारेमा मोरङका प्रहरी अधिकृतहरुले जानकारी नभएको बताएका छन् ।

हिरासतमा रहेका डीएसपी, एसपी र पूर्व डीआईजीलाई संगठित अपराध, मानव अपहरण तथा कर्तव्य ज्यान मुद्दामा बिहीबार मात्र म्याद थप भएको हो । हिजै म्याद थप भएका उनीहरुलाई डरआिईजीले एसपी बिसी नभएको बेला किन गोप्य भेटे भन्ने बारेमा केही खुलेको छैन ।

३३ किलो सुन काण्डमा २७ जनालाई प्रहरीले अहिले हिरासतमा लिएर अनुसन्धान गरिरहेको बेलामा यसरी भएको गोप्य भेट शंकास्पद रहेको श्रोत बताउँछ ।-

उज्यालो

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर