Aamsanchar

सरकार र डाक्टर केसी बिरुद्ध अनसन/सहमति खारेज माग

Author Image
शनिवार, वैशाख १५, २०७५

काठमाडौं ।

डा.गोविन्द केसी र सरकारबीच भएको सहमति खारेज माग गर्दै मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाका संयोजक विजय थापाले आमरण अनसन सुरु गरेका छन् ।

८ सुत्रीय माग राख्दै थापा तीन दिनदेखि आमरण अनसनमा बसेका छन् । केसीका माग पूरा गर्दा चिकित्सा शास्त्र अध्यापनमा सिन्डिकेट हुने भन्दै आमरण अनसन बसेको थापाले बताए ।

थापाले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ खारेज गर्न, नेपाली विद्यार्थी विदेश पठाउने कन्सल्टेन्सी बन्द गर्न, आईओएम डीन डा. जगदीश अग्रवाललाई पदमुक्त गर्न, डा.केसी अनसन बसेका दिनको तलब भक्ता फिर्ता माग्न र मेडिकल शिक्षाका लागि विदेश पठाउन रोक लगाउन माग गरेका छन् ।

अनसन सुरु गर्नुअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल र कानुन मन्त्री शेरबहादुर तामाङलाई ज्ञापन पत्र बुझाइएको थियो । डा. केसीका कारण धेरै चिकित्सकहरु बञ्चित हुनुपरेको भन्दै विरोध सुरुभएको छ ।

कोटा प्रणलीका कारण धेरै विद्यार्थीहरु अध्ययनका लागी विदेशी परेको र गत वर्ष मात्रै बंगलादेशमा डाक्टर पढेर आउदै गरेका धेरै विद्यार्थीले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भएको जहाज दुर्घटनामा ज्यान गुमाउनु परेको र नेपालमा नै अध्ययनको ब्यवस्था गरिएको भए यस्तो अवस्था नआउने सरोकारबालाहरुको भनाई छ । -ईकान्तिपुरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर