उदयपुर,

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जनसरकार प्रमुख पक्राउ परेका छन् ।

‘विप्लव’को जनसरकार प्रमुख भनेर गैरराजनीतिक गतिविधि गरेको आरोपमा जीतबहादुर पुलामी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त प्ररही प्रमुख डीएसपी मेधराज अधिकारीले गए राति त्रियुगा नगपालिकाको चुहाडे क्षेत्रबाट विशेष सुराकीको आधारमा चुनावको बेला विद्युतीय धराप थाप्ने मुख्य योजनाकार मगर पक्राउ परेको जानकारी दिनुभयो ।

अधिकारीका अनुसार प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुस थाप्ने मुख्य योजनाकार मगरलाई शुक्रबार राति पक्राउ गरिएको हो । प्रहरीले मगरलाई खोजी सूचीमा राखे पनि पक्राउ गर्न सकेको थिएन् ।
Views: 159

