Aamsanchar

पेरुमा बालबालिकाको बलि दिइएकाे खुलासा

Author Image
शनिवार, वैशाख १५, २०७५

लिमा,

पेरुमा पुरातत्वविद्ले उत्खननका क्रममा भेटिएका प्रमाणअनुसार ठूलो संख्यामा बालबालिका बलि दिएको हुनसक्ने ‘नेसनल जियोग्राफिक’ बिहीबार जानकारी दिएको छ । नेसनल जियोग्राफिकको अग्रतामा गरिएको यस अनुसन्धानको क्रममा करिब पाँच सय पचास वर्ष अघि पेरुको उत्तरी तटीय क्षेत्रमा एउटै समयमा १४० जना बालबालिकाको बलि दिइएको पुरातत्वविद्ले बताएका छन् ।

फेला परेको प्रमाणका अनुसार बालबालिकाको यसप्रकार सबैभन्दा ठूलो संख्यामा बलि दिइएको मानव इतिहासमा नै ठूलो घटनाको रुपमा लिन सकिन्छ । पेरुको टरुकिलियोमा त्यस्तो तथ्य फेला परेको जनाइएको छ । बालबालिकासँगै ऊँट प्रजातिको लामा भनिने दुई सयभन्दा बढी भेडाजस्ता बच्चा जनावरको बलि दिइएको देखिएको पुरातत्वविद्ले जानकारी दिएका छन् ।

सो अनुसन्धानको लागि नेसनल जियोग्राफिक सोसाइटीको आर्थिक सहयोगबाट भएको र अनुसन्धानको नतिजा पनि पहिलो पटक नेशनल जियोग्राफिककै वेबसाइटमा प्रकाशित गरिएको समाचारमा जनाइएको छ । –एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर