Aamsanchar

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

Author Image
शनिवार, वैशाख १५, २०७५
उदयपुर।

उदयपुरको कटारी नगरपालिका २ खोक्सास्थित उदयपुर-सिन्धुलीको तावाखोलाको निर्माणाधीन पुलमा जमेको पानी फ्याँक्नेक्रममा करेन्ट लागेर एक जना कामदारको ज्यान गएको छ।
मृत्यु हेनमा वर्दिया घर भएका १९ वर्षीय सुचिप चौधरी रहेका छन। लुम्बिनी शान्तिदेवी कन्स्ट्रक्सन कम्पनीद्वारा निर्माण हुँदै गरेको पुलको उदयपुर जिल्लातर्फ पर्ने ३ नम्बर पिलरमा जमेको पानी मोटर चलाएर फ्याँक्न खोज्दा चौधरीलाई करेन्ट लाग्दा घाइते भएका थिए।
गम्भीर घाइते चौधरीको  सिन्धुली दुधौलीस्थित हेम्स पोलिक्लिनिक लगिएकोमा सोही क्लिनिकमा उपचार हुँदा हुँदै मृत्यु भएको थियो।
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर