सुनसरी।

सुनसरीको धरानमा शुक्रबार लागुऔषधसहित दुई जना पक्राउ गरेका छन।

धरान उपमहानगरपालिका १७ स्थित एन्फा एकेडेमी नजिकै बाट प्रहरीले लागुपदार्थ विक्रि वितरणमा संलग्न धरान १७ बस्ने २७ वर्षीय प्रेम परियार र सोही ठाउँका १७ वर्षीय राजनलाई पक्राउ गरिएको हो।
उनीहरुको साथबाट लागु औषध एभील ४ एम्पुल , डाईजोलाप ४ एम्पुल, लुपिजेसिक ४ एम्पुल गरी जम्मा १२ एम्पुल टिडिजेसिक र ५० मिलिग्राम ब्राउनसुगर, १४४ वटा स्पास्मोप्रोक्सिवन ट्याब्लेट र २ वटा नाइट्रोसन ट्याब्लेट बरामद भएको छ।

प्रहरीले उनीहरु सवार रहेका को २९ प २९४९ नम्बरको मोटरसाइकल र नगद ६ हजार ५ सय पनि बरामद गरी इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।
Views: 178

