Aamsanchar

झापामा चिया मजदुरका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा

Author Image
शनिवार, वैशाख १५, २०७५

झापा,

आर्थिक अवस्था कमजोर भएका चिया मजदुरले समयमा उपचार गराउन नपाउँदा अकालमै ज्यान गुमाउनु परेको भन्दै त्यस्ता घरपरिवारलाई निः शुल्क स्वास्थ्य बीमा प्रदान गरिएको छ।

झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर २ अन्तरगतको वडा कार्यालयले नेपालमै पहिलो पटक चिया बगानमा कार्यरत चिया मजदुरको स्वास्थ्यलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो।  शनिवार हल्दिवारी २ स्थित रेडक्रस सोसाइटीको भवनमा आयोजित चिया मदजुर र महिला स्वयमसेविकाहरुलाई स्वास्थ्य बीमा परिचयपत्र वितरण कार्यक्रममा वडा कार्यालयले चिया बगानमा कार्यरत ८० घरपरिवारका ३ सय ४१ जना र ११ जान महिला स्वास्थ्य स्वयमसेविकाका ४९ जना गरी ३ सय ९० जनालाई स्वास्थ्य बीमा परिचयपत्र वितरण गरेका हुन्।

उनीहरुलाई प्रदेश सांसद पूर्णसिंह राजवंशी र हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले बीमा परिचयपत्र प्रदान गरेका थिए।  चालु आर्थिक बर्षमा वडा कार्यालयलाई छुट्याइएको ८० लाख रुपैया बजेटबाट ६ लाख रुपैया बीमा कार्यक्रमका लागि निकासा गरी अभियानको सुरुवात गरिएको २ नम्बर वडाध्यक्ष राजेन्द्र योङहाङले बताए।

स्वास्थ्यमा पहुँच नहुँदा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका यहाँका चिया मजदुरहरुको अकालमै ज्यान जाने, चिया फडानी तथा मजदुरको बसाइसराई रोकिने, आर्थिक सामाजिक विकासमा टेवा पुर्याउने उदेश्यले स्वास्थ्य बीमा अभियानलाई जोड दिएको उनले बताए।   उनका अनुसार यस वडामा ४ सय घरपरिवार चिया मजदुरमा पेशामा आबद्ध छन् । यस पेशाबाट अप्रत्यक्ष रुपमा २ हजार बढीले रोजगारी पाएका छन् ।

Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर